Logo

लागुऔषधसहित झापामा युवक पक्राउ

भारतबाट ल्याउँदै गरेको लागुऔषधसहित झापामा एक युवक पक्राउ परेका छन् । सोमबार राति भद्रपुर–५ मेचीपुलमा प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साइकलमा आउँदै गरेको ती युवकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो ।

भद्रपुर–१० आदर्श टोल बस्ने ३२ वर्षीय सन्तोष विश्वकर्माको साथबाट डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् । विकलाई साइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्