Logo

गृह मन्त्रालयमा लामिछाेनलाई फर्काउने विषयमा पार्टीमा दुई धार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँ गृह मन्त्रालयमा फर्कन दौडधुप गरिरहेका बेला यसबारे पार्टीभित्र दुई धार देखिएको छ । दुई धार देखिएपछि तत्काल सरकारबाट फिर्ता हुने निर्णयबाट समेत लामिछाने ब्याक हुनुपरेको छ ।

नागरिकता मुद्दामा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेमाथि पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी छ । यस्तो अवस्थामा उनी तत्काल गृहमा फर्किए सो मुद्दा कमजोर बनाउन सक्ने चिन्ताबीच गैरसांसदको रूपमा गृह मन्त्रालयमा फर्किन न्वारनसम्म बल लगाइरहेका छन् । लामिछानेलाई प्रवक्ता मुकुल ढकालसहित केही कांग्रेस पृष्ठभूमिका सांसदहरूले साथ दिइरहेका छन् । लामिछानेलाई गैरसांसदको रूपमा गृहमा फर्काउने सफल नभएमा सरकारबाट बाहिरिनेसमेत चेतावनी उनीहरुले दिइरहेका छन् ।

तर, उपसभापति एवम् श्रममन्त्री डीपी ढकालसहित अन्य सांसदहरूले मंगलबार साँझ लामिछानेलाई भेटेर तत्काल सरकारबाट बाहिर नहुने भन्दै दबाब दिएपछि उनी ‘ब्याक’ भएको पार्टीका एक नेताले बताए । सकेसम्म लामिछानेलाई नै गृहमा फर्काउने, त्यो नभएमा अरु कुनै सांसदलाई पठाएर भएपनि यो गठबन्धन जोगाउने पक्षमा उनीहरू रहेका छन् । गृह मन्त्रालयमा लामिछाेनलाई फर्काउने विषयमा पार्टीमा दुई धार भएपछि पार्टीभित्र समझदारी जुट्न सकेको छैन । थप विवाद हुने त्रासले सभापति लामिछानेले पार्टीको बैठकसमेत बोलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्