Logo

विमानस्थलको सुधार चित्तबुझ्दो नभएको भन्दै अझै प्रयत्न गर्न अनुरोध : मन्त्री सुदन किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताए।

शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले सुधार चित्तबुझ्दो नभएको भन्दै अझै प्रयत्न गर्न अनुरोध गरेका छन् । ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन। आज देखिएको ट्रलीमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘बाँकी जतिपनि त्रुटी देखेको छु, सम्बन्धित निकायमा कडाइका सच्याउन निर्देशन दिनेछु। सुधार गर्नुपर्ने धेरै कुरा छ।’

उनले मन्त्रीको पदभार सम्हालेपछि गत माघ पहिलो साता विमानस्थलको अनुगमन गरेका थिए। त्यतिबेला उनले शौचालयहरू सफा राख्न र आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्