Logo

रबि लगत्तै विप्लबले भेटे प्रधानमन्त्रि प्रचण्डलाइ

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं गएका छन् ।

विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरूको एकताको विषयमा चर्चा भइरहेका बेला प्रचण्ड विप्लवको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी केन्द्रले यस्ता दलहरूसँग वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति नै गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुमा रहेका विप्लव पार्टीको शीर्ष नेतृत्वसहितको बैठकपछि योजना बनाएर काठमाडौं गएका हुन् ।विप्लव नेतृत्वको पार्टीको केन्द्रीय भेला कपिलवस्तुमा चलिरहेको समयमा सत्तारुढ माओवादी केन्द्रमा उपाध्यक्ष तथा वार्ता समितिका संयोजक कृष्णबहादुर महरा कपिलवस्तुको शिवगढीस्थित भेलामै पुगेर छलफल गरेका थिए । तर विप्लव निकट एक नेताले प्रधानमन्त्री प्रचण्डसँग विप्लवले यसअघिको सरकारसँग गरेका तीन बुँदे सहमति कार्यान्वयनको विषय नै प्राथमिकतामा रहेको बताउँछन् ।

‘एकताको विषयमा पनि केही कुरा त होलान्, वार्ता समिति नै बनाएपछि केही कुराकानी भएका पनि छन् नेताहरुबीच तर अहिले पहिलो प्राथमिकता यसअघिको सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयन कै विषय प्राथमिकतामा छ’ उनले भने ।

फागुन १ गते नजिक आइरहेकाले विप्लव निकट नेकपा माओवादीले जनयुद्ध दिवसमा केही सन्देश दिने गरी अगाडि जान नेताहरूले शीर्ष नेतालाई सुझाएका छन् । विप्लवले काठमाडौंमा माओवादी केन्द्रका अन्य नेताहरू तथा अन्य दलका नेताहरूसँग पनि भेट्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्