Logo

आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा गरेका छन् ।

‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईँसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईँको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।’

उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्