Logo

“देश चलाउने हो भने चुनाव लड्न आउनुस्” भन्दै कैलाशदेखि रामेश्वरसम्मलाई रविको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया सञ्चालकहरूलाई देश चलाउने भए चितवनमा चुनाव लड्न आउन चुनौती दिएका छन्।

आइतबार आफू देशको सेवा गर्न आए पनि नेपालका मिडियाले खेदो खनेको भन्दै कान्तिपुर, अनलाइनखवर र सेतोपाटीका मिडिया सञ्चालकहरूलाई अव देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् । उनले आफ्नो पार्टीले गृह मन्त्रालय दाबी गर्दा कन्फिल्क्ट अफ इन्ट्रेस्ट जोडिएको भनेर लेखिए पनि त्यस्तो नभएको दाबी गरेका छन् । उनले मिडिया मालिकले मिडिया चलाउने र राजनीतिज्ञले देश चलाउने हो बताएका छन् ।

‘कन्फिल्क्ट अफ इन्ट्रेस्टबारे बहस गर्ने नेपाली मिडियाको आँट छैन । भए आउनुस् म बहस गर्न तयार छु’, लामिछानेले भने, ‘कान्तिपुर, अनलाइनखवर, सेतोपाटीलाई लेख्यो भन्यो यसले सिध्याउँछ भन्ने छ ।’ उनले भने ‘देश चलाउने हो भने चुनाव लड्न आउनुस् कैलाश सोरिहिया, रामेश्वर थापा, अमित ढकाल को को आउने हो आउनुस् ।’

प्रतिक्रिया दिनुहोस्