Logo

‘ हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि हो भन्ने बुझ्न जरूरी छ’ : रवीन्द्र मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको हकमा हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि भएको तर्क गरेका छन् ।

कांग्रेस नेता शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउन जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनले यस्तो जिकिर गरेका हुन् । उनले कांग्रेस नेता कोइरालाको भनाइबारे फेशबुकमा लेखेका छन्, ‘पछिल्ला महिनाहरूमा नेपाली काँग्रेसका धेरै वरिष्ठ नेताहरूमा राजा ज्ञानेन्द्रसँगको क्षणिक रिसले पार्टीको ‘प्रचण्डिकरण’ गर्दा पार्टीलाई निरन्तर घाटा भएको अनुभूति प्रष्ट महशूस गर्न सकिन्छ ।’

उनले एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको बताएका छन् । ‘कोही सार्वजनिकरूपमा भन्छन्, कोही भन्दैनन्। फरक त्यत्ति हो। कोही शशांकजी जस्तो हिन्दू राष्ट्रको मात्र कुरा गर्छन्। तर नेपालको हकमा हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि हो भन्ने बुझ्न जरूरी छ’ उनले भनेका छन्, ‘एमालेभित्र पनि धेरैको दृष्टिकोण बदलिँदै गएको छ। तलको फोटो एमाले आवद्ध नेताले नै मलाई पठाइदिनु भएको हो। एकदमै राम्रोसँग माहोल बनेर आएको छ।’

प्रतिक्रिया दिनुहोस्