Logo

मानव बेचबिखनको आरोपमा होटल सञ्चालक पक्राउ

प्रहरीले मानव बेचबिखनको अभियोगमा बुटवलका होटल सञ्चालकसहित एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमास्थित हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पुजा बिक रहेका छन् । दुई वर्षदेखि फरार रहेका पराजुलीलाई पक्राउ गरेको डिएसपी दानबहादुर थापाले जानकारी दिएका छन् ।

‘बुटवलको राजमार्ग चौराहामा वेलकम रेष्टुरेन्ट सञ्चालन गरेका पराजुलीले होटलमा कामदारको रुपमा ल्याएर यौनजन्य कार्यमा लगाउने उजुरीका आधारमा प्रकाउ गरेका हौ।’ डिएसपी थापाले भने, ‘सरकारी वकिलको कार्यालयमा फाइल पेश गरिसकिएको छ, अब मुद्दा प्रक्रिया अगाडि बढ्छ।’डीएसपी थापाका अनुसार पराजुलीले लगानी गरेको वेलकम रेष्टुरेन्ट भने हाल बन्द अवस्थामा रहेको छ ।

पक्राउ परेका उनीहरुमाथि मानव वेचविखन तथा ओसारसोपार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्