Logo

यातायात मजदुर कुटिएको विरोधमा चक्रपथमा चक्काजाम

मजदुर कुटिएको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् ।

नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्ध सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेकाले विरोधमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए का छन् ।‘सरकारलाई दिएको १५ दिने अल्टिमेटम र आन्दोलनको रणनीति तय गर्न बैठक बसिरहेको बेला कुँवरलगायतका केही व्यक्ति गुण्डागर्दी शैलीमा आएर हाम्रा साथीमाथि कुटपिट भएको छ’, राईले भने, संलग्नलाई कारबाही हुनुपर्छ । उहाँले माफी माग्नुपर्छ ।’

अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

मजदुरहरू गाडी तेर्स्याएर सडकमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्