Logo

मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा अर्थमन्त्री पौडेलले

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताए।

अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना,राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भए पनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नको लागि मुलुकको आर्थिक नीतिकै पुनरावलोकन नजिक रहेको बताएका छन् ।

उनले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको बताएका छन् ।सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन,निर्यात प्रवद्र्धन,रोजगारी सिर्जना,उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको उनले स्वीकार गरेका छन् । उनले विगतमा नेपाल कतिपय वस्तुहरूमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरूमा पनि परनिर्भरता बढ्दै गएको, वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले नीतिहरू परिमार्जन गर्ने आवश्यक कदम चाल्नुपर्ने क्षणमा आएको बताए । उनले आगामी वर्षको बजेट ल्याउने समयसम्म आर्थिक नीतिलाई पुनरावलोकनका काम सक्ने पक्षमा रहेको बताएका छन् ।

त्यस्तै अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रूपमा लिएको बताए । उनले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको बताएका छन् । उनले साझा कार्यक्रम कार्यान्वयनको चालु आर्थिक वर्षभित्र नै कार्यान्वयन गर्न सम्भव नभएको बताए । वर्तमान अवस्थामा मुलुक आर्थिक सामर्थ्यमा कार्यान्वयन गर्न सम्भव नभएकाले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनको समय सीमा ५ वर्षको रहेको उनले बताए ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा भएका दलहरूको सहकार्य पाँच वर्षका लागि भएको पनि बताए । उनले पाँच वर्षको कार्यक्रममा सरकारले अर्थतन्त्रका चुनौतीहरू पनि सामना गरी अर्थतन्त्रलाई सबल तुल्याएरै छोड्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्