Logo

“भ्रष्टाचारीको फाइल पल्टाएर कारबाही गर्नुको सट्टा मोबाइलमा टोन बजाएर नाटक गरिरहेको” : सांसद चन्द्रकान्त भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारीको फाइल पल्टाएर कारबाही गर्नुको सट्टा मोबाइलमा टोन बजाएर नाटक गरिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै भण्डारीले अख्तियारलाई त्यस्तो नाटक मञ्चन नगर्न आग्रह गरे । ‘हामी बिहानै फोन लगाउँदा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो–अख्तियार दुरुपयोग अनुसन्धान आयोग,’ भण्डारीले प्रश्न गर्दै भने, ‘त्यो अख्तियारले भ्रष्टाचारीको फाइल नखोलेर किन मोबाइल टोन बजाइरहेको हो ? फाइल खोलेर दोषीलाई थुन्न कसले छेकेको छ ? होइन भने यो मोबाइलमा टोन बजाएर किन बसिरहेको हो ? आखिर नेपालमै यस्तो नाटक किन भइरहेको छ ?’

उनले स्रोत साधनको उपयोग गरेर सरकारले नागरिकका समस्याहरूको समाधान गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्