Logo

लोत्से मलका व्यापारीलाई क्षतिपूर्ति दिन महासंघको माग

नयाँ बसपार्कका व्यवसायीलाई क्षतिपूर्ति दिन राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

सोमबार यातायात मजदुरले गरेको आन्दोलनका क्रममा नयाँ बसपार्कको लोत्से मलमा लुटपाट भएको थियो । लुटपाटबाट करोडौंको क्षतिपूर्ति भएको व्यवसायीले बताएका छन् ।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले लोत्से मलका व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेका छन् । उनले महासंघकातर्फबाट विज्ञप्ति निकाल्दै यस्तो माग गरेका हुन् । आन्दोलनकारीले साँझको समयमा लोत्से मलमा तोडफोड गरेर मोबाइल पसलमा लुटपाट गरेको भिडियोहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् ।

‘मजदुरले शान्तिपूर्णरुपमा आन्दोलन भइरहँदा मलमा अराजक समूहको प्रवेशका कारण व्यवसायीको कारोडौंको लटुपाट भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उपत्यकामै लुटपाट हुनुमा सरकार दोषी छ ।

प्रतिक्रिया दिनुहोस्