Logo

‘राष्ट्रपति कांग्रेसबाटै बन्छ’ : प्रकासमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति कांग्रेसबाटै बन्ने दाबी गरेका छन् ।

शुक्रबार नेपाल जेसिसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई सबैको समर्थन हुने र अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने बताए ।

‘शक्ति सन्तुलन मिलाउनका लागि पनि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति खोजिनुपर्छ ‘, सिंहले भने ।

संसदको पहिलो दल कांग्रेस भएकाले पनि राष्ट्रपतिमा आफूहरूको दाबी स्वाभाविक हुने उहाको भनाई छ । नेता सिंहले संविधानले दिएका अधिकार कार्यान्वयनमा ल्याउन विधिको शासन कायम हुनुपर्नेमा जोड दिए ।

कांग्रेसले व्यवस्था परिवर्तन गरेर लोकतान्त्रिक प्रणाली स्थापित गरेको भन्दै उनले यसलाई संस्थागत गर्न भने धेरै काम गर्न बाँकी रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्