Logo

संघीय शिक्षा ऐन अहिलेको संसद्को प्राथमिकतामा छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संघीय शिक्षा ऐन संसद्को प्राथमिकतामा रहेको बताए ।’

शिक्षा पत्रकार समूहले गरेको संघीय शिक्षाका नीतिगत सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले पहिलो संसद् संघीय शिक्षा ऐन ल्याउनमा चुकेको बताएका छन् । अहिले राजनीतिक गतिविधि अन्यत्र मोडिएको भन्दै यसको समस्या समाधान भएपछि संसद्को प्राथमिकता संघीय शिक्षा ऐन हुने बताएका छन् ।

‘पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुक्यौं । त्यो बेला हामी ल्याउनुपर्छ/गर्नुपर्छ भनेर मात्र बोल्यौ । यो पटक हाम्रा कार्यशैली परिवर्तन गरेर काम गर्नतिर लागेका छौं । संसदको प्राथमिकतामा संघीय शिक्षा ऐन हुन्छ’ उनने भने । संघीय शिक्षा ऐन अहिले छलफलका लागि मन्त्रिपरिषद् कार्यालयको विधेयक व्यवस्थापन समितिमा छ ।

शिक्षा मन्त्रालयपछि अर्थ र कानून मन्त्रालयमा लामो समय थन्किएको थियो । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको जोडबलमा मन्त्रिपरिषद्मा पेस गरिएको थियो । उक्त मस्यौंदामा केही अस्पष्टता तथा थपघट गर्नुपर्ने भन्दै मन्त्रिपरिषद् बैठकले विधेयक व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको थियो । जुन अहिले पनि त्यही छ ।

राजनीतिक दलबीच आपसी सहमति नमिल्दा संघीय शिक्षा ऐन अझै आउने सकेको छैन् । सरकारले उक्त ऐनको मस्यौदा गोप्य राखेको छ । ऐनको मस्यौदामा के कस्तो व्यस्था गरिएको भन्ने कुरा आफुहरूले समेत थाहा नपाएको थापाको भनाई छ । ऐनको मस्यौदा संसद्मा पेश गर्ने दायित्व सरकारको भएको भन्दै सरकारको ढिलाई कारण संसद्ले ऐनमाथि छलफल गर्न नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्