Logo

प्रधानमन्त्री दाहाल एमाले सचिव लेखराज भट्टको निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको निवासमा पुगेका छन् ।

भट्टले नै प्रधानमन्त्री दाहाललाई चिया निम्तो दिएको जनाईएको छ ।

नेकपा विवादको उत्कर्षमा भट्टले केपी शर्मा ओलीलाई साथ दिएका थिए । त्यसयता निरन्तर भट्ट ओलीसँगै छन् ।

एमालेको महाधिवेशनमा उनी सचिव बनेका थिए ।

प्रधानमन्त्री दाहाल भने सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन आज धनगढी पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्