Logo

तनहुँले आफ्नो लागिमात्रै होइन, देशकै लागि सोच्नेछ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डा. स्वर्णिम वाग्ले देशको आवश्यकता भएको बताएका छन् । तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा अध्यक्ष लामिछानेले तनहुँबासीले आफ्नो आवश्यकतालाईमात्रै नहेरेर देशको आवश्यकता सम्बोधन गर्ने बताएका छन् ।

‘हामीले आजमात्रै अंकमाल गरेका होइनौं, मुलुकको आवश्यकता हेरेर डा. स्वर्णिम वाग्लेलाई हामीले यहाँ उपस्थित गराएका हौं । मलाईँ पुरै विश्वास छ, तनहुँले आफ्नो लागिमात्रै होइन, देशकै लागि सोच्नेछ । देशका लागि आवश्यक नेता छान्नेछ,’– उनले भने । डा. वाग्लेलाई अघिल्लो निर्वाचनमा पनि आफूले उम्मेदवार बन्न आग्रह गरेको उनले स्मरण गरे । साथै वाग्ले रास्वपाबाट नउठेर अन्य पार्टीबाट उठेको भएपनि उनको चुनाव प्रचारप्रसारमा सहभागी हुने तयारी आफ्नो रहेको उनले बताए ।

‘डा. स्वर्णिम वाग्ले यदि हाम्रो पार्टीबाट नउठ्नु भएको भए म उहाँ उठेको ठाउँमा हाम्रो उम्मेदवार नउठाउने प्रस्ताव हाम्रो पार्टीमा राख्थे । म डा. स्वर्णिम वाग्लेको चुनावी प्रचारप्रसारमा म यसैगरी घाटी दुख्नेगरी कराउँथे । मैले यो कुरा स्वर्णिम वाग्लेलाई अघिल्लो निर्वाचनमा पनि भनेको हुँ । तपाईँ हाम्रो पार्टीबाट चुनाव लड्नुस्, तपाईँले छानेको ठाउँबाट चुनाव लड्नका लागि म प्रस्ताव गर्छु भनेर अघिल्लो चुनावमा भनेको थिए । हाम्रो पार्टीमा केही शंका छ र तपाईँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ भने तपाईँ जुनसुकै पार्टीबाट लड्नुस्, तपाईँ चुनाव लडेको ठाउँमा प्रचारप्रसार गर्न आउँछु भनेको थिएँ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्