Logo

सँगै हिँडेका साथी बेइमान निस्किए भने ठेगान लगाउँछु– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र कोही बेइमान निस्किएमा कारबाही गर्ने बताएका छन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सँगै हिँडेका कोही बेइमान निस्किएमा ठेगान लगाउने बताएका हुन् ।

‘सँगै हिँडेका साथीहरु बेइमान निस्किएछन् भने ती बेइमानलाई ठेगान लगाएर यो यात्रा अगाडि बढाउँछु । तपाईँले आर्दिवाद दिएको छोरो दुईचार करोडले लोभिन्छ, नसम्झनुस्,’– उनले भने ।

केही बेइमानहरुले सङ्लो पानीलाई धमिल्याउने काम गरिरहेको उनले बताए । उनीहरुका त्यस्ता गतिविधिले आफू कहिले पनि विचलित नहुनेसमेत उनले बताए । साथै, आगामी उपनिर्वाचनमा एकको बदला तीन लिएर आफूहरु सांसद छिर्ने तयारीमा रहेकोसमेत उनले बताए । अहिले आफू सडकमा रहेर भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज उठाइरहेको उनले बताए । संसद्मा पुगेर पनि भ्रष्टाचारकाविरुद्धमा आवाज बुलन्द पार्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्