Logo

सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल फाइनल जस्तै हो ।

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटमा आज नेपालले जित्ने पर्ने दबाबका साथ नेदरल्याण्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा दिउँसो १२: ४५ बजे बाट भै रहेको खेलमा नेपाल नेदरल्याण्ड्सलाई पराजित गर्ने लक्ष्यमा छ । तर नेपाल आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक छ । समूह ए बाट सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल फाइनल जस्तै हो ।

नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ । यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले नेदरल्यान्ड्सविरूद्धको खेलमा पहिले ब्याटिङ गरिरहेको छ। जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाइसकेको छ।

ओपनर कुशल भुर्तेल १५औं ओभरको पाँचौ बलमा बिक्रमजितको बलमा क्याच भएका छन्। आउट हुनुअघि उनले ४२ बलमा २ चौका हिर्काए। आसिफ शेख तेस्रो शून्यमा भान वीकको बलमा बोल्ड भए। यस्तै आरिफ शेख ६ रनमा बिक्रमजितकै बलमा भान वीकबाट क्याच भए।

यस्तै भीम सार्की १९‍‍औं ओभरको पहिलो बलमा २२ रनमा आउट भए भने कुशल मल्ल १९ बलमा १२ रन जोडेर पभिलियन फर्किए। कप्तान रोहित पौडेल छैटौं विकेटको रुपमा ३३ रनमा आउट भए। यस्तै दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए।

समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।

प्रतिक्रिया दिनुहोस्