Logo

ब्याटिङ नचल्दा नेदरल्यान्ड्सलाई नेपालले दियो निरास जनक १६८ रनको लक्ष्य

आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेपालले निरास जनक स्कोर दिएको छ १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपाले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सुपर सिक्स पुग्न जित्नैपर्ने खेलमा नेपालले ४४.३ ओभरमा अल आउट हुँदै १ सय ६७ रनको योगफल तयार पार्‍यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भिम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पभेलिन फर्किएका थिए ।

नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुई/दुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।

सुपर सिक्स्मा स्थान बनाउन नेपालाई आजको खेल जित्नैपर्नै दबाव छ ।

यदी पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्