Logo

धनगढी उडेको श्री एयरको विमानमा प्राविधिक समस्यापछि काठमाडौं फिर्ता

आज विहान काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानमा समस्या देखिएपछि आकाशबाटै काठमाडौँ फर्किएको छ।

श्री एयरलाईन्सको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएपछि फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार आज विहान ७ः५० मा काठमाडौँबाट उडेको उक्त विमान केहि समयपछि पुनः काठमाडौं नै फर्किएको थियो । विमानस्थल कार्यालयका अनुसार जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता हो ।

विमानमा सवार ७६ जना यात्रुहरुलाई ९ बजेर ५० मिनेटमा अर्को विमानमार्फत धनगढी पठाईएको छ।

प्रतिक्रिया दिनुहोस्