Logo

काठमाडौं महानगरले सार्वजनिक गर्‍यो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट सार्वजनिक गरेको छ ।

महानगरको नगरसभाको १३ औं अधिवेशनमा आयोजित एक कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैँया बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

उपमेयर सुनिता डंगोलले आज सार्वजनिक गरेको बजेट वजक्तव्यअनुसार चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार अर्थात ३३ दशमलव ७२ प्रतिशत र र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार अर्थात ६६ दशमलव २८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्