Logo

सबिता गौतमलाई वर्ल्ड योंग पोलिटिसियन अफ द इयरको अवार्ड

अनलाइन टिभी नेपाल काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् । राजनीतिमा प्रवेश गरेका युवाबर्गको आफ्नो समाज र देशको चौतर्फी बिकाशका लागि गरिएका पहलहरुको सम्मान र मूल्यांकन गर्दै वान योङ वर्ल्डले हरेक बर्ष विश्वभरिबाट ५ जना उत्कृस्टलाई अवार्ड प्रदान गर्दछ । वान योङ वर्ल्डले पोलिटिसियन अफ द इयर अवार्डका लागि बिभिन्न देशहरुबाट १५ जनाको नाम सर्टलिस्ट गरेको छ । जसमा नेपालबाट सबिता गौतम परेकी छन् ।

वान योङ वर्ल्डले राजनीतितर्फ युवाबर्गको न्यून सहभागिताको टिकाटिप्पणी गर्दै राजनीतितर्फ जोशिला युवापिढीको दक्ष् सहभागिता बढाउँने सोचमा यो अवार्डको शुरुवात गरेको बताएको छ । विभिन्न देशका १८ देखि ३५ वर्षका नेताहरूले राजनीतिमा पारेको प्रभाव र सकारात्मक परिवर्तनको मूल्यांकन गर्दै शुरुमा १५ जना सर्टलिस्ट गर्दछ । वान वर्ल्डले सोभिता गौतमलाई २७ वर्षमा सांसद भएकी नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ। त्यस्तै, भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ। सर्टलिस्टमा परेका १५ जनालाइ अर्को राउण्डमा प्यानलबाट पुन जजमेन्ट गर्दै मात्र ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ । विजेताहरुको घोषणा अहि आउदो जुलाइमा युवा विश्व शिखर सम्मेलन २०२३मा अनाउन्स हुनेछ ।

प्रतिक्रिया दिनुहोस्