Logo

बालेनविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं, ११ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहविरुद्धको रिटमा आज पनि पेशी तोकिएको छ । मेयर शाहको मुद्दा सुनुवाईका लागि सवोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ । महानगर प्रमुख शाहले उच्च अदालतको फैसला नमान्ने अभिव्यक्ति सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उनीविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना मुद्दा दायर गरेकी हुन् ।

हिजो (आईतबार) पनि सुनुवाईको लागि पेशी तोकिएको उक्त रिट न्यायाधीश ढुंगानाकै इजलासमा परेको थियो । हिजो (आईतबार) उक्त रिट हेर्न नभ्याईनेमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्