Logo

पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटियो, आधा केजी सुन पानीले पखाल्दा बगेको दाबी !

काठमाडौं । पशुपतिनाथको जलहरीमा झण्डै ४२ लाखको सुन कम भेटिएको छ । आइतबार पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी लगायतको टोलीले गरेको जलहरी जाँचका क्रममा झण्डै आधा केजी सुन कम भएको पाइएको हो ।
पशुपतिको जलहरी प्रकरणमा अख्तियारले चासो देखाएसँगै आइतबार जाँचका क्रममा पशुपतिमा राखिएको जलहरीमा कुल १०७.७६ केजि सुन हुनुपर्नेमा १०७.४६८७ केजि सुन भेटिएको हो ।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी सुन २४ क्यारेट सुन हो । जसमा तामापितल थप गरी २२ क्यारेटको १०७.७६ केजि सुन जलहरीमा प्रयोग भएको थियो । तर, जाँचका क्रममा पशुपतिनाथको जलहरीमा झण्डै आधा केजि सुन कम भेटिएको हो ।
यता पशुपति क्षेत्र विकास कोषले भने दिनहुँ दही तथा जलले नुहाउँदा पानिले पखालेर आधा केजी सुन घटेको दाबी गरेको छ । पशुपतिनाथको जलहरी प्रकरणमा सुन हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पनि दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्