Logo

मंसिरको निर्वाचनमा पार्टीविरुद्ध बागी उठेकी खुश्बुले गरिन् राप्रपामै फर्किएको घोषणा

काठमाडौं,११ असार । गत मंसिरमा भएको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट झापा ४ मा उम्मेद्वार बन्न आकांक्षा व्यक्त गरेपनि पार्टीले नेकपा एमालेसँग तालमेल गर्दा उम्मेद्वार बन्न नपाएपछि बागी उम्मेद्वारी दिएकी राप्रपा नेतृ खुश्बु ओली पुनः राप्रपामै फर्किएकी छन् ।

आज एक विज्ञप्ति जारी गर्दै ओलीले आफ्नो विद्रोहलाई पार्टीसंगको विद्रोह नभई महिला र युवा माथि यस देशमा चली आएको राजनितिक थिचोमिचो र भेदभाव विरुद्धको विद्रोह भएको बताएकी छन् ।

अन्य पार्टीबाट पनि पार्टीमा आउन आग्रह भएको भन्दै ओलीले परिआएमा राष्ट्रको लागी अडिग भएर उभीनेछ भनेर राप्रपा माथी जनताको विश्वास रहेकै कारण राप्रपा छाड्न नसकेको जिकिर गरेकी छन् ।

पार्टीको निर्णयविरुद्ध सांसद बन्ने लक्ष्यसहित स्वतन्त्र उम्मेद्धारी दिएकी ओलीले मंसिरको निर्वाचनमा ५ हजार १० मत पाएकी थिइन् । सो क्षेत्रबाट राप्रपाको समर्थनमा एमालेका एलपी साँवा लिम्बु विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्