Logo

जिल्ला निर्वाचन कार्यालय खारेजीको विरोधमा दुबै एउटै लयमा रास्वपा र एमालेले गर्‍यो संसद् अवरोध

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।

एमाले र रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको हो ।

आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिएका थिए ।

सभामुख घिमिरेले समय दिएपछि बोलेका प्रमुख सचेतक परियारले आर्थिनक वर्ष २०८०८१ को बजेट वक्तव्यमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उल्लेख गरेकोप्रति आपत्ति जनाउँदै सरकारको निर्णय सच्चिनुपर्ने बताउँदै सरकार आफ्नो निर्णयबाट पछि नहटे आजको संसद बैठक चल्न नदिने जानकारी गराएका छन् ।

उनले सदनको कारबाही अघि बढ्न नसक्ने भनेपछि सभामुखले एमालेका सूर्य थापालाई समय दिए । थापाले निर्वाचन र तथ्यांक कार्यालय खारेज गर्ने निर्णय फिर्ता नभए सदनको कारबाही अघि नबढ्ने बताए । त्यस्तै रास्वपा सभापति रवि लामिछानेले पनि अर्थमन्त्रीले सो निर्णय फिर्ता नलिए सदन नचल्ने बताए ।

सभामुख देवराज घिमिरले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेकाले नियमित कार्यसूचीमा जान आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्