Logo

सरकारमा सहभागी ७ दलको वैठकले प्रधानमन्त्रीको राजीनामा नदिने निर्यण

काठमाडौ – वालुवाटारमा आज बसेको सरकारमा सहभागी ७ दलको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नदिने निर्यण गरेको छ । बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे एउटा ठोस निर्यण लिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि बोलेको अभिव्यक्ति देशसहित विरोधी भएको भन्दै राजीनामा मागेर सदन अवरुद्ध गरेको छ । समसामयीक राजनैतिक विषयमा दलका प्रमुख नेताहरु विच वालुवाटारमा छलफल भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदमा यस बारेमा बिस्ती जानकारी दिने ।

प्रतिक्रिया दिनुहोस्