Logo

स्ववियु बिजेता प्रतिनिधिहरुमा बिभाजन ल्याउन र उपस्थित नभए पनि फरक नपर्ने मानसिकतामा नेतृत्व अगाडी बढेको देखिन्छ ।

नेकपा (माओवादी केन्द्र) का विद्यार्थी संगठनको विवाद क्रान्तिकारी स्ववियु काउन्सिल निर्माणको क्रममा देखा परेको छ । संगठन विभाजित भएको १ बर्ष भन्दा बढी भइसके पनि समस्याको हल हुन सकेको छैन । अखिल क्रान्तिकारी पञ्चा सिंह समुहले असार २० र २१ गते राष्ट्रिय भेला गरेका छन् । उक्त भेलाको प्रमुख अतिथि पार्टी अध्यक्ष प्रचण्ड थियो । कार्यक्रममा पार्टी महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन (अन्नत), जनार्दन शर्मा (प्रभाकर), शक्ति बस्नेत, पार्टी सचिव तथा विद्यार्थीका फ्राक्सन इन्चार्ज हितमान शाक्यले आतिथ्यता गरेका थिए ।

अखिल क्रान्तिकारी का समानान्तर कमिटी पवन कार्की समुहले उक्त भेला बहिष्कार गर्न अपिल गरेका थिए । गत असार १४ गते “निर्वाचित प्रतिनिधिहरूलाई विवादित बनाउन कथित स्वार्थ समूहको आयोजनामा हुने क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेला बहिष्कार गरौं। साझा र सबै स्ववियुको प्रतिनिधित्व सहितको स्ववियु काउन्सिल निर्माणमा जुटौं ।” भन्दै विज्ञप्ति मार्फत नै बहिष्कार गर्न अपिल गरेका थिए । कार्की समुहले पार्टी अध्यक्षलाई कार्यक्रममा नजान रोक्ने प्रयास गरे तर असफल भए । विभिन्न उतारचढव पश्चात पार्टी अध्यक्ष प्रचण्ड कार्यक्रममा प्रमुख अतिथि बने ।

तर सो कार्यक्रमको चौतर्फी बिरोध सुरु भएको थियो । उत्साहजनक सहभागिता नरहेको कार्यक्रमको विभिन्न कोण वाट विरोध भइरहेको अवस्थामा नेपाल ल क्याम्पसका स्ववियु अध्यक्षले सामाजिक सञ्जाल मार्फत असन्तुष्टी जनाएका छन् । अखिल (क्रान्तिकारी) केन्द्रको विवाद वा केहि ब्यक्तिको विवाद क्रान्तिकारी स्ववियु काउन्सिलमा नपरोस चाहेका थियौं तर दुर्भाग्य त्यस्तो भएन र धेरै साथीहरु छुट्नु भयो भनेका छन् । स्ववियु बिजेता प्रतिनिधिहरुमा बिभाजन ल्याउन खोज्ने र कोई उपस्थित नभए पनि के फरक पर्छ र भन्ने मानसिकताका साथ नेतृत्व अगाडी बढेको देखिन्छ तसर्थ नेतृत्वले आफ्नो कमजोरी क्रान्तिकारी स्ववियु काउन्सिल मार्फत लुकाउन खोजेको अध्यक्ष विष्णु ढुङ्गेल ले आरोप लगाएका छन् ।

“मैले नेतृत्व सग भेला अगाडी यो कुरामा सजग रहन र सबैको उपस्थिति हुने कुरा सुनिश्चित गर्न अनुरोध गरेको थिए तर नेतृत्व चुक्यो ।” भन्दै गुनासो गरेका छन् । साथै भेला वाट चयन भएका क्रान्तिकारी स्ववियु काउन्सिलका अध्यक्ष रेशम लाल श्रेष्ठ लाई बधाई दिएका छन् ।

नेपाल ल क्याम्पसका स्ववियु अध्यक्षको फेसबुक स्टाटस :- रेशम कमरेड सर्बप्रथम तपाईलाई बधाई छ। तपाई हामी सबैले बिश्वास गरेको नेतृत्व हो भन्ने कुरामा कुनै गुन्जायस छैन। तपाई यो बधाईको हकदार हुनुहुन्छ फेरि पनि शुभकामना व्यक्त गर्द्छु। रहयो कुरा अखिल( क्रान्तिकारी) केन्द्रिय कमिटी देशै भरीका स्ववियुमा बिजय हुने कमरेडहरुको अभिभावक बन्न नसक्नु दु:खद छ । हामी चाहान्थ्यौ अखिल (क्रान्तिकारी) केन्द्रको विवाद वा केहि ब्यक्तिको विवाद क्रान्तिकारी स्ववियु काउन्सिलमा नपरोस,दुर्भाग्य त्यस्तो भएन र धेरै साथीहरु छुट्नु भयो। स्ववियु बिजेता प्रतिनिधिहरुमा बिभाजन ल्याउन खोज्ने र कोई उपस्थित नभए पनि के फरक पर्छर भन्ने मानसिकताका साथ नेतृत्व अगाडी बढेको देखिन्छ।तसर्थ नेतृत्वले आफ्नो कमजोरी क्रान्तिकारी स्ववियु काउन्सिल मार्फत लुकाउन मिल्दैनथ्यो । मैले नेतृत्व सग भेला अगाडी यो कुरामा सजग रहन र सबैको उपस्थिति हुने कुरा सुनिश्चित गर्न अनुरोध गरेको थिए तर नेतृत्व चुक्यो । अन्तमा रेशम कमरेड तपाईंलाई फेरि पनि बधाई छ र साथ साथै देशै भरीका अखिल ( क्रान्तिकारी)को झन्डामा चुनाव उठ्ने र बिजय हुने कमरेडहरुको संयोजक बन्नुस र सबैको साझा भएर यस काउन्सिलमा गोलबन्द गराउनुस मेरो शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्