Logo

समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले संयुक्त संघर्ष गर्ने

शैक्षिक सुधारको लागि संघर्षरत समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको पवन कार्की समूहले सहकार्य गर्ने भएको छ । शनिबार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्ने सहमति भएको अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवले जानकारी दिए । ‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तत्काल शिक्षा ऐन जारी गर्ने र विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागु गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ,’ प्रवक्ता यादवले भने । दुई संगठनले शिक्षामा सुधारका लागि रचनात्मक र सकारात्मक दबाबमुलक आन्दोलन गर्ने सहमति भएको उनले बताए ।

दुई संगठनले सोमबारबाट एक हप्ताभरी देशभरका क्याम्पस, जिल्ला प्रदेश गाउँपालिका, नगरपालिका सबैतिर हस्ताक्षर अभियान चलाउने सहमति गरेका छन् ।

२७ गते काठमाडौंमा शान्तिपूर्ण र रचनात्मक प्रदर्शन गरे र ३१ गते सरोकारवालासँग व्यापक अन्तरक्रिया गर्ने सहमति भएको अखिल क्रान्तिकारी पवन कार्की समुहका प्रवक्ता उपदेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्