Logo

नक्कली शरणार्थी प्रकरण: आरजुको नाम लिइएको अडियो सन्देश शर्माकै भएको पुष्टि

काठमाडौं, २४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणाको नाम लिइएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै आरजुले प्रहरी प्रधान कार्यालय साईबर व्युरोमा निवेदन दिएकी थिईन् ।

शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त हुन् । उक्त प्रकरणमा पक्राउ परेर थुनामा रहेका शर्माविरुद्ध ठगी तथा संगठित अपराध कसूर मुद्दा चलिरहेको छ ।

‘उपरोक्त सम्बन्धमा मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा Speakers Identification Traits match भनी उल्लेख भएको जुन स्वर (Voice) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका बर्ष ३४ को सन्देश शर्माको Control Sample सँग मेल खाएको,’– नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अडियोमा नक्कली शरणार्थी प्रकरणमा उठाइएको पैसा आरजु राणालाई पनि दिइएको उल्लेख थियो । आरजुले भने त्यसको इन्कार गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्