Logo

राप्रपा सुदूरपश्चिम प्रदेशको सह-संयोजकमा ज्ञानेन्द्र शाही नियुक्त

काठमाडौं,२५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुदूरपश्चिम प्रदेशको सह-संयोजकको जिम्मेवारी ज्ञानबहादुर (ज्ञानेन्द्र ) शाहीले पाएका छन् ।

जुम्लाबाट संघीय संसदमा निर्वाचित शाही पार्टीका केन्द्रीय प्रवक्ताको साथै संसदीय दलका मुख्य सचेतकसमेत हुन् । शाहीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।

हाल राप्रपाको सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारीमा पार्टी उपाध्यक्ष उद्धव पौडेल रहेका छन् ।

प्रदेश संयोजक एवम् पार्टीका उपाध्यक्ष उद्धव पौडेलको समन्वयमा रही कार्य सम्पादनमा सघाउन भन्दै शाहीलाई सह–संयोजकको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्