Logo

सरदार प्रितम सिंहबारे यसोभन्छन प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको किताब विमोचनमा दिएको अभिव्यक्तिबारे अहिले संसद्‍मा स्पष्टीकरण दिइरहेका छन्।

सो अभिव्यक्ति दिएपछि विवादमा फसेका प्रधानमन्त्री प्रचण्डले संसद् अवरोध खुलाउन अहिले आफ्नो जवाफ दिइरहेका छन्।

गत सोमबार आफूलाई एक चोटी प्रधानमन्त्री बनाउन सरदार सिंहले पटक पटक दिल्ली धाएको बताएका थिए। तर, अहिले प्रधानमन्त्री प्रचण्डले कुरा फेर्दै आफूले त्यतिबेला आफ्नो ठूली छोरीको हिसाबमा भावनामा आएर बोलेको जवाफ फर्काएका छन्।

उनले प्रितम सिंहसँगको सम्बन्ध विस्तारै पारिवारिक बन्दै बनेको बताएका छन्।

सरदार सिंहबारे प्रधानमन्त्री प्रचण्डले संसद्‍मा बोलेको अभिव्यक्ति :

छोरीको उपचारको क्रममा उहाँले मेरो आफ्नै घर छ दिल्लीमा भनेपछि प्रकाश दाहालले प्रितम सिंहको आफन्तसँग घनिष्ट मित्रता भएको थियो। अंगद भन्ने। त्यो मित्रताका कारणले पनि त्यही घरमा लगेको हो। त्यहाँ लगेको केही समयपछि मैले छोरीको स्वास्थ्यस्थितिको पनि अवलोकन गर्ने र बुझ्ने गएको बेलाको कुरा हो यो।

यो कुरा न हिजो अस्तिको हो, यो ०६८-०६९ सालको कुरा हो। म जाँदा सरदार प्रितम सिंह र उहाँको परिवार पनि त्यहीँ हुनुहुन्थ्यो।

त्यसबेलामा उहाँले प्रधानमन्त्री त तपाईं बन्नुपर्छ। मैले दिल्लीमा पनि कुरा गर्ने गरेको छु, नेपालमा पनि तपाईंलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने गरेको छु। मैले उहाँलाई धन्यवाद दिँदै अहिले त्यो स्थिति छैन भनेको थिए।

प्रतिक्रिया दिनुहोस्