Logo

विद्यार्थीले हस्ताक्षर गरेर उद्घाटन भयो अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनको हस्ताक्षर अभियान

शैक्षिक सुधारको लागि अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन ले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । “शिक्षा व्यक्ति मात्र नभई समग्र देश विकासको मेरुदण्ड हो । यो हामी सबैलाई ज्ञात नै छ । तर, देशमा आज पनि पंचायती कालको शिक्षा ऐन २०२८ जारी छ । यो मूलतः विद्यालय शिक्षा ऐन हो । यो एन जारी भैसकेपछिका वर्षमा नेपालका धेरै सन्दर्भहरु फेरिईसकेका छन् । पंचायती शासनकाल अन्त्य भएको ३४ वर्ष र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकै १५ वर्ष भैसकेको छ । यसविचमा विश्व ज्ञान / विज्ञानका क्षेत्रमा थुप्रै परिवर्तनहरु आईसकेका छन् । नेपालमै पनि २०४७, अ.सं २०६३ र २०७२ गरि ३/३ वटा त संविधान नै जारी भईसकेको अवस्था छ ।

पछिल्लो संविधानः राज्यको पुनः संरचना सहितको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत सहितको बन्नु आफैँमा सुन्दर पक्ष हो । तर प्रगतिशील संविधान जारी भएको ८ वर्ष बितिसक्दा नयाँ शिक्षा एन आउन नसक्नु आफैमा लज्जाको विषय हो ।” भन्ने निष्कर्ष निकाल्दै पवन कार्की र नेत्र चापागाईं ले नेतृत्व गरेको संगठनले “उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न । तत्काल संघीय शिक्षा एन जारी गर्न । विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न ।” माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए ।

प्रचण्ड र बाबुराम भट्टराई निकटका दुई विद्यार्थी संगठनले आज देखि दबाब मुलक कार्यक्रम सुरु गरेका छन् । नेपाल कमर्स क्याम्पसका विद्यार्थीद्वारा हस्ताक्षर गरेर देशव्यापी रूपमा हुने हस्ताक्षर अभियान को उद्घाटन भएको अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवले जानकारी दिए । यो महिना सम्म हामीले देशै भरी हस्ताक्षर अभियान चलाउने छौं र हस्ताक्षर सङ्कनल गरेर प्रधानमन्त्री लाई बुझाउने छौं : प्रवक्ता यादवले भने । यो अभियान देशै भरिका शैक्षिक संस्थामा चल्ने छ । यो अभियानमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला समन्वय समिति, इकाई/पालिका कमिटीले चलाउने र सोही अनुसार सरकार समक्ष हस्ताक्षर सहित ध्यानाकर्षण गराउने छन् ।

साथै २७ गते शान्तिपूर्ण प्रदर्शन र ३१ गते वृहत् अन्तर्कृया कार्यक्रम तय भएको छ । यो आन्दोलन विद्यार्थीको मात्रै नभई सबै जनताको हो त्यसैले यस आन्दोलनमा विभिन्न संघ संस्था, अभियनता, नागरिक समाज, विद्यार्थी, मजदुर, किसान, शिक्षक, कर्मचारी, अविभावक लगाएत सबै नेपाली जनताले उतिकै महत्व दिन आवश्यक रहेको प्रवक्ता उपदेश यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्