Logo

राप्रपाको महिला विभाग उपप्रमुखमा रेखा थापा मनोनित

काठमाडौं,२६ असार । अभिनेत्री रेखा थापा राप्रपाको महिला विभाग उपप्रमुखमा मनोनीत भएकी छन् ।

मंगलबार पार्टी अध्‍यक्ष राजेन्द्र लिङ्देनले थापालाई महिला विभाग उपप्रमुख पदमा मनोनीत गरेका हुन् ।

थापाले गएको संसदीय निर्वाचनमा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा मोरङबाट उमेदवारी दिएकी थिइन् । तर उनी तेस्रो हुँदै पराजित भईन् । उक्त क्षेत्रबाट एमाले नेता भानुभक्त ढकाललाई हराउँदै नेपाली कांग्रेसका सुनिल शर्मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्