Logo

यस बर्षको साउनमा अति नै दुर्लभ मानियको छ : मनोकांक्षा पूरा गर्न यसरी गर्नुहोस् भगवान शिवको पूजा आर्धना

सोमवारदेखि पवित्र महिना साउन सुरु हुँदैछ ।धार्मिक विश्वास अनुसार यस महिनाको विशेष महत्व रहेकोले यसलाई भगवान शिवको महिना भनिन्छ ।यस महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ र देवताका देवता महादेवलाई प्रसन्न पार्न धेरै उपाय पनि गरिन्छ । साउनमा शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ ।

साउन महिनामा भगवान शिवको पूजा–आराधना गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ । हिन्दु धर्ममा साउन महिनालाई विशेष महत्व दिइएको छ ।साउनको प्रत्येक सोमबार भगवान शिवको पूजा गर्नाले तपाईको हरेक मनोकामना पूरा हुन्छ ।

साउन महिनामा यसरी गर्नुहोस् भगवान शिवको पूजापण्डित:

शिप्रा सचदेवका अनुसार यसपटक साउनमा शनि आफ्नो राशिमा मकर राशिमा प्रतिगामी स्थितिमा रहनेछन् । यसका साथै बृहस्पति ग्रह पनि आफ्नो राशि मीन राशिमा रहनेछ, जुन आगामी समयमा यस राशिमा प्रतिगामी हुनेछ। साउनमा यी दुई ग्रहको आ–आफ्नो राशिमा प्रतिगामी हुनु विशेष योग हो ।

यस महिनाको कुनै मनोकामनामा भोले बाबाको आशीर्वाद लिनुभयो भने सबै मनोकामना पूरा हुनेछन्। यो महिना रुद्राभिषेक गर्नुपर्छ । रुद्राभिषेक गर्नाले जन्म–जन्मका पापबाट मुक्ति मिल्छ र बाबाको आशीर्वाद मिल्छ।

प्रतिक्रिया दिनुहोस्