Logo

अखिल क्रान्तिकारी ले CTEVT लाई ध्यानाकर्षण गराए : माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी

अखिल क्रान्तिकारी ले CTEVT लाई ध्यानाकर्षण गराए : माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी
२०८० असार २९ गते शुक्रबार राति CTEVT द्वारा जारी गरिएको शुल्क समायोजन सम्बन्धी सूचना जारी भए पश्चात विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् । CTEVT ले विद्यार्थी र अविभावक माथि चर्को शुल्कको भार थोपर्ने निर्णय गरेको अखिल क्रान्तिकारी पवन कार्की समुहका प्रवक्ता उपदेश यादवले आरोप लगाएका छन् । उक्त कार्यको विरोध गर्दै अखिल क्रान्तिकारी राष्ट्रिय समितिले गंभीर ध्यानाकर्षण सहित ७ बुँदे मागहरु तत्काल पूरा गर्नका लागि ध्यानाकर्षण पत्र पेस गरेका छन् ।

अखिल क्रान्तिकारी का ctevt तथा विश्वविद्यालय इन्चार्ज सागर केसी र राष्ट्रिय समितिका संयोजक जगत भण्डारीले ध्यानाकषर्ण जारी गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर मा निर्देशक नवराज कोइराला मार्फत सदस्य सचिव समक्ष माग गरेका मुद्धाहरू यस्तो छ ।
१. CTEVT मा शैक्षिक माफियाहरु सँगको साठगाठ र मिलेमतोमा नर्सिङमा ३१ प्रतिशत, सामान्य चिकित्सामा २९ प्रतिशत र फार्मेसीमा २५ प्रतिशतका दरले गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै शुल्कमा पठन पाठन गराउनु पर्ने ।
२. CTEVT द्वारा प्रदान गरिने छात्रवृत्ति २० प्रतिशत कायम गर्नु पर्ने ।
३. विभिन्न समयमा गरिएका शैक्षिक संस्थाहरुको अनुगमन रिपोर्ट सार्वजनिक गरी मापदण्ड विपरित भएका शैक्षिक संस्थाहरु खारेज गर्नुपर्ने ।
४. परीक्षा सकिएको ४५ दिन नतिजा सार्वजानिक गर्नुपर्ने पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने ।
५. गोल्डेन चान्स परीक्षा सञ्चालन गर्नुपर्ने ।
६. CTEVT भित्र भएका विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने ।
७. अखिल (क्रान्तिकारी) र CTEVT बीच भएका पूर्व सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्ने ।

अखिल क्रान्तिकारीद्वारा पेश गरिएको विद्यार्थीहरुका जायज मागहरु तत्काल पूरा नगरे सशक्त आन्दोलनका कार्यक्रम सहित अखिल क्रान्तिकारी अगाडि बढ्ने प्रवक्ता उपदेश यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्