Logo

रास्ट्रीय स्वतन्त्र पार्टीका सभापतिमाथि नुवाकोटमा खुकुरी प्रहार , अवस्था गम्भीर

काठमान्डौ। नुवाकोटको बिदुर नगरपालिका वडा न ८ का रास्ट्रीय स्वतन्त्र पाटीका सभापति सुमन आले मगरमाथि खुकुरी प्रहार भएको छ। सभापति सुमन आले मगरलाई शुक्रबार राति करिब ७ बजेको आशापासमा आले माथि सांङ्घातिक खुकुरी प्रहार भएको हो।

घाइते रहेका सभापति सुमन आले मगरलाइ मध्यराति त्रिसुली अस्पताल लगिएको थियो , त्यहा उपचार सम्भब नाभेपछी सुमनलाई नुवाकोटबाट मद्यारातमा करिब १२ बजे उपचारको लागि काठमान्डौको ट्रमा सेन्टरमा लेराइएको थियो। बिदाको दिन रहेकाले चिकिस्थक नरहेको भन्दै उपचारमा ढिला भएको थियो। उपचारमा ढिलाई भएको कारण घाइते पक्ष र अस्पतालका चिकिस्थकबीच विवाद उत्पन्न भएको थियो तर त्यति बेला सभापति सुमन आले मगर अर्ध चेत अवस्थामा रहेका थिए।

ढिला सुस्थि भएकै कारण करिब बिहान ७ बजे बागबजारको मोडेल अस्पताल लेराइएको जीवन मगरले जानकारी दिएका छन् । करिब ४ घन्टाको लामो अपरेसन पछि भने उनको सल्यक्रिया गर्न चिकिस्थकहरु सफल भएका छन्। नेपालि काङ्ग्रेस र रास्वपा बीच नगरपालिकामा विवाद उत्पन्न भएको कारण खुकुरी प्रहार भएको बुजिए पनि सत्य तथ्य भने अहिले सम्म आएको छैन। यस घटनामा दोषीलाई खोजि गरि कडा कारबाहीको माग गरिएको छ भने बिदुर नगरपालिका प्रहरी प्रशाशनले भने दोषीको खोजि भैरहेको बताएका छन्। सभापति सुमन आले मगर भने २८ बर्ष का रहेका छन्।

प्रतिक्रिया दिनुहोस्