Logo

नायिका केकी अधिकारी जुम ब्यूटी एकेडेमीको ब्राण्ड एम्बेस्डरमा नियुक्त

काठमाडौँ – जुम ब्यूटी एकेडेमीले नायिका केकी अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । आज (शुक्रबार) एकेडेमीको महाराजगञ्ज शाखामा एक औपचारिक कार्यक्रम गरी एकेडेमीले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।
एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर पाउँदा आफुँहरुलाई ठुलो हौसला थपिएको भन्दै एकेडेमीले अझै आफ्नो क्षमता र अन्तराष्ट्रिय स्तरमै गुणस्तरीयता बढाउँदै जाने बताए ।

नाियका अधिकारीले व्युटीसियन क्षेत्रमा नाम र काम दुवैमा अब्बल जुम ब्यूटी एकेडेमीसँग जोडिन पाएकोमा खूशी व्यक्त गर्दै यसको सफलताको साक्षी बन्ने अवसर दिएकोमा सञ्चालकद्वयलाई धन्यवाद दिएकी छन् ।

कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका महाराजगञ्ज, कलंकी, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। एकेडेमीले पछिल्लो समय काठमाडौँको स्वयम्भूमा ११ औँ शाखा सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्