Logo

गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत “तिम्रो सुन्दर रुप” सार्वजनिक, पतीको शब्दमा अन्जु पन्तको स्वर, छोरीको अभिनय

चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत भिडियो “तिम्रो सुन्दर रुप” सार्वजनिक भएको छ । गीतमा पति थिर कोईरालाको शब्द रहेको गीतमा अन्जुलाई रन्जन राईले स्वरमा साथ दिएका छन् । गीतमा नविन कार्कीको संगीत रहेको छ ।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा परितोशिका पन्त र बिक्रम बुढाथोकीको अभिनय रहेको छ । परितोशिका अन्जुकी छोरी हुन् । प्रकाश खड्का र टिमले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्