Logo

रास्वपामा विभागको पदाधिकारी हुन मास्टर्स गरेको हुनुपर्ने, पालिकामा १२ पास अनिवार्य (हेर्नुहोस भिडियो सहित )

काठमाडौँ, १९ साउन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागका पदाधिकारीका लागि विभिन्न मापदण्ड बनाएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र स्थानीय तहका विभागमा रहने पदाधिकारी तथा सदस्यका लागि मापदण्ड बनाएको हो ।

अब रास्वपामा केन्द्रीय विभागमा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) गरेको हुनुपर्ने छ । यस्तै, सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।

यसैगरी प्रदेश विभाग पदाधिकारी, सदस्य वा पालिका विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्तानतक (ब्याच्लर्स) गरेको हुनुपर्ने छ । यस्तै, पाँच वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्