Logo

विभूषण लिलामीमा राखेका महावीरलाई गृहको चेतावनी

काठमाडौं, २३ साउन । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ ।

आफूले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामीका लागि पुनले सामाजिक सञ्जालमा राखेका थिए ।

आज (मंगलबार) गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी दिएको हो ।

यसो लेखछ्न महाबिर पुन

कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ ।

नेपाल सरकारले दिएको पदक सहित मैले प्राप्त गरेको अन्य अन्तराष्ट्रिय पदकहरु बेचेर त्यसको पैसा बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्न भनेर मैले आलोक सुबेदी भाईलाई बिक्रीमा राख्न जिम्मा दिएको थिएँ । उनले रुटिन अफ नेपाल बन्द सहित अन्य अनलाइन मिडियाहरुमा लिलाम बिक्रीमा राख्न लगाएका थिए ।

गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।

नोट: तर अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् । त्यसैले मेडलहरु किन्न चाहनेले भाई आलोक सुबेदी लाई 9810276473 मा सम्पर्क गर्नु होला । सम्पूर्ण मेडल त्यो भाईलाई मैले जिम्मा दिएको ३ बर्ष जति भयो । त्यो भन्दा पहिले मैले सन्तोष गिरी भाईलाई मेडल बेच्ने जिम्मा दिएको थिएँ ।

धन्न बचियो गाँठे !!! धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्