Logo

पुजन काफ्लेको ‘ए आमा’ बोलको तिज गित सार्वजनिक

पुजन काफ्लेको ए आमा बोलको तिज गित सार्वजनिक भएको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको कोसेली स्वरुप ए आमा सार्वजनिक गरिएको हो । मौलिक गित संगीतलाई उजागर गर्दै आमा बुवा दाजु भाइ दिदिबहिनी साथीहरूलाई सम्झदै ए आमा बोलको गित आइतबारबाट बाजारमा सार्वजनिक गरिएको हो । आफ्नै आवाजमा हरेको गितमा शब्द पनि पुजनकै रेहेको छ ।

शेरबहादुर डिसि को निर्देशन, शुभन पोख्रेल को कोरोयोग्राफर रेहेको भिडियोमा संगीत भने आरःसि रिमालको रहेको छ । पुजन काफ्लेको मुख्य भुमिका रहेको भिडियोमा रोशन काफ्ले, संचारकर्मी उषा काफ्ले, मैयाँ काफ्ले, एलिजा काफ्ले,इस्मृती भुजेल, कृतिका भुजेल सहितको भुमिका रहेको छ । मेरो सासको आवास हौ तिमि आधुनिक गितबाट सिनेजगतमा भित्रिएकि पुजनको ए आमा दोस्रो कोसेली हो ।

ए आमा पुजन युटुब अफिसियल बाट अडियो भिडियो सहित सार्बजनिक गरिएको हो । सर्लाहीको हजारिया मा हुर्केकी पुजनको पढाइ भने हाजारियाकै श्री सरश्वोती मा.बि मा भएको हो । पढाई सङै गायनमा पनि रुचि राख्ने पुजनले मास्टर सम्मको पढाइ काठमाडौमा गरेकी हुन । समाज सेवामा रुचि राख्ने पुजन बनस्थलीमा रहेको प्रज्ञाज्योति इङलिस स्कुलको उप प्रधानाध्यापक रहेकि छिन ।

 

प्रतिक्रिया दिनुहोस्