Logo

दिवंगत नायक सारुक ताम्राकारको अन्तिम चलचित्र अव म्युजिक भिडियोमा

दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर गितमार्फत भिडियो सार्वजनिक गरिएको छ। काठमाण्डौको एक होटलमा विभिन्न कलाकार, निर्देशक र उनका परिवारको उपस्थितिमा एक कार्यक्रममा उक्त भिडियो सार्वजनिक गरिएको हो। ‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गरेको मिहिनेतलाई सानै रूपमा भए पनि उनका प्रशंसकमाझ ल्याउँने उद्देश्यले यो सामाग्री तयार गरिएको बारे यस चलचित्रका टिमले प्रस्ट पारेको छ।

https://fb.watch/mD22atlEDh/?mibextid=cr9u03

माया बोलको गीतको भिडियोमा मोडल निकिता आचार्य र ताम्रकार बीच प्रेम देखाइएको छ भिदोयो हेरिरह्दा सारुक यतै कतै हामीबीच नै छन जस्तो महसुस गर्न सक्छौ। भिडियोमा उनको आवरण (लुक्स)सँगै पर्दा पछाडिका कामलाई पनि देखाएको छ।’ निर्देशक राजीव गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताउनुभयो।
कार्यक्रममा ताम्रकारलाइ सम्झेर दुखित माहोल बनेको थियो।

अभिनेत्री सृष्टि श्रेष्ठले ढिलो चाडो उसले न्याय पाउनुपर्छ ताम्राकारका बुवा सानु ताम्राकार केहि महिनादेखि अस्पतालको बेडमा छन् उनले सानु ताम्राकारको छिटो रेकोभरी र सारुकको कामको बिषयमा बोलिरहदा माहोल सुन्य बनेको थियो। उनले आफुलाई सम्हाल्न सकेकी थिइनन् उनीसंगै कार्यक्रममा उपस्थित सम्पूर्णका आखा रसाएका थिए। उनले सारुकको न्यायको लागि सधैव आवाज उठाउने बाचा गरेकी छन्।

सारुककि आमा रुकमणि ताम्राकारलाई बुढेसकालमा आफ्नो सन्तान गुमाउनु र श्रीमान महिनौ देखि अस्पतालको शैयामा विभिन्न रोगसंग लडिरहेको दुखले पेलेको छ। यो परिस्थितिसंग लड्न साचै धेरै सामर्थ्य चाहिन्छ। ताम्राकारकि आमा यो शोकाकुल घडीमा हरेक दिन आफ्नो छोराको न्यायका नारा संगै आशुधारा बगाई रहेकी छिन l

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्