Logo

गौरा पर्वः प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सर्वसाधरणसँग खेले देउडा

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित दलका शीर्ष नेताहरु गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

गौरा पर्वको अवसरमा आज (बिहीबार) काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, रमेश लेखक, शेरबहादुर कुवँर, दामोदर भण्डारीलगायतका नेताहरु सहभागी थिए । उनीहरुले सर्वसाधरणसँग देउडा खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्