Logo

गौहत्याको विषयमा रविको अभिव्यक्तिः कानुनले बर्जित गरेको गतिविधि गर्न पाइँदैन (हेर्नुहोस भिडियो सहित)

काठमाडौँ, ९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होईन, बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए ।

“जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उनले भने, “हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।”
हाल धरानमा गौहत्याको विषयलाई लिएर चर्किएको विवादतर्फ लक्षित गर्दै लामिछानेले कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिए । अध्यक्ष लामिछानेले फरक–फरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्