Logo

गायिका मिलन नेवारको “नाचेको नाचै गर्ने हो”सार्वजनिक…(हेर्नुस् भिडियो)

काठमाडौँ । हरितालिका तिजलाई लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाचै गर्ने हो’ सार्वजनिक भएको छ । पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाचै गर्ने हो जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र सङ्गीत राजनराज सिवाकोटीले हो ।

देवीथान म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका मिलन नेवार आफैले अभिनय गर्नुभएको छ । उत्सव दाहालले कैद गर्नुभएको भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राई राईले गर्नुभएको हो भने भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्