Logo

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठानियोस्’

चलचित्र “ह्यासट्याग माया”को छायांकनका क्रममा निधन भएका नायक सारुक ताम्राकारले न्याय पाउनुपर्ने माग अझै पनि उठिरहेको छ । सारुकको निधन नभएर उनलाई आत्महत्या गर्न वाध्य बनाइएको हो भन्ने खालका तर्कहरु पनि सुनिएका छन् । यसै बिचमा अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता शारुक ताम्रकार प्रकारणमा आफ्नो आधिकारिक धारण सार्वजनिक गरेकी छिन । सोमबार आफ्नो असिसियल फेसबुक पेजमा लामो स्टाटस लेख्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल समेत गरेकी छन् । अभिनेत्री श्रेष्ठको फेसबुक स्टाटस हामीले जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौं :


सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार 🙏🙏

धेरै समयपछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र ‘# MAYA’ छायङकनको क्रममा सोही चलचित्रका कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घरमा झुण्डिएर आत्माहत्या गरी निधन भएको खबरले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूकको निधनप्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु.. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए यो धटनाले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु ! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी तेतीसारो मिडियामा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुपमा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसीमको हर्कतलाइ नजिकबाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुटको खेती गर्नु हुने सबै दिग्गज महानुभावहरुलाइ सत्यको बाटो हिड्नको लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरुबाट कल आएको थियो मेरो फोन मेरो दादासॅग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै HANDLE गर्नु हुन्छ तर मिडयामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर मेरो परिवारबाट बोल्ने अनुमति भएन, मैले बिभन्न टेलिभिजनबाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको INTERVIEW हरुलाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइन..आवश्यक पर्दा दिउला त्यसमा कुनै संकोच छैन, यो धटनासँग जोडीएका FABRICATED समाचार र बिभीन्न भिडियोहरू मेरो कानुनी टिमले हेर्नेनै छ, म यस चलचित्रको एक कलाकार पनि थिए, सोही चलचित्रको कलाकार भएको कारण मैले प्रहरी प्रशासनले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुपमा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो सम्बेदनशील बिषयलाइ GLORIFY गर्नु उचित हुदैन ! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरूलाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडियाहरूबाट यो धटनापछी VIEWS का लागी जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचारप्रति म धोर भर्त्सना गर्दछु। यो किसीमका तथ्यहीन समाचारप्रति सम्पूर्ण देश बिदेशमा रहनु भएका मेरा आफन्तजन,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु ! म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषयलाइ मिडियामा ल्याउन उचित ठानिन म TOTALLY घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाॅदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..
तर कतै भिजिट गरेको देखिन्नत भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतकका परिवार सॅग मेरो परिवार का सदस्यहरू र सहयोगीले शुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु चाहनु भएन..
म आफु बिरामी नै थिए परीवारकै रेखदेख मा रहें.. जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो धटना सम्बन्धि डिटेल INQUIRY भयो जे-जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्रको मेकिङ टिम, कलाकारहरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किनकी सो चलचित्रको कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्वकै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ..

‘कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ‘ भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटीको कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबैलाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासनले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं ‘JUSTICE FOR SARUK ‘ निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासनलाइ अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतकको सम्पूर्ण परिवारलाइ धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ । धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ..
नम्रता श्रेष्ठ

काठमाडौं, नेपाल 🇳🇵🙏🙏
मिति > 2080/05/11 गते सोमबार
मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी REALITY बाहिर थाह होस भनेर..तर मेरो परीवारको सुझाव अनुसार प्रहरीअनुसन्धानमा बाधा पुग्ने भएकोले गरीन ..त्यही कुरालाई अहीले जस्ताको तेस्तै पोष्ट गरेको छु ।

प्रतिक्रिया दिनुहोस्