Logo

नेपाली क्रिकेट टिमको भारतीय मिडियाले गर्‍यो तारिफ तर नेपाली मिडियामा आलोचना किन ?

काठमाडौं – एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । नेपालको लागि पाकिस्तानि खेलाडीहरु खेल्नु पाउन ठुलो कुरा हो।यसलाई सबैले मनन गर्नुपर्ने छ हिजो सपना देखेका थिए आज पुरा भएको छ सधैभर नाम सुनी बसेको खेलाडीहरु याक्सी खेल्दा नर्बस हुनु स्वाभाविक हो ।

नेपाली खेलाडीहरु खुल्लेर भारतीय मिडियाले तारिफ गरेको छ । भारतीय मिडिया लेख्छ : बिश्व कृर्तिमान खेलाडीहरु संग नेपाली खेलाडीहरुले पहिलोपटक खेलमा यति राम्रो खेल्नु तारिफ गर्नुपर्छ । पहिलो अनुभव हो अरु देशका खेलाडीहरुले नेपालको खेलाडीहरु संग सिक्नु पर्ने भारतीय मिडियाले लेखेको छ ।

नेपालका पूर्व कप्तान पारस खड्का भन्छन् : २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ ।’यसमै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अहिले एसोसिएट देशहरुमा नेपालको अवस्था फरक रहेको उल्लेख गर्दै बालेनले अगाडि लेखेका छन्, ‘हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भनेजस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडीका तीब्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजमजस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केही धक रहेजस्तो देखियो ।’ तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोगेको बालेनको भनाइ छ । त्यो सिकाइले हामीलाई भारतसँग खेल्न केही सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।

‘अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही वर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सकेजस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ,’ बालेनले लेखेका छन्, ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् । उनले खेलाडी, व्यवस्थापक र समर्थकहरुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामी हिँडेको बाटो गलत छैन ।

प्रतिक्रिया दिनुहोस्