Logo

‘एक भगवत् गीता’ले नाम परिवर्तन गरेर पायो सेन्सर

अनलाइन टिभी नेपाल काठमाडौं, झरना थापाको चलचित्र ‘एक भगवत् गीता’को बिबाद चलचित्रको नाम परिवर्तन गरि टुंगिएको छ। चलचित्रलाई ‘एक भागवत् एक गीता–सामाजीक कथा’ नामाकरण गरि चलचित्र बिकास बोर्डले सेन्सर पास गराएको हो।

चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको यो सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । विवाद टुंगिएसँगै यो चलचित्र अब सेन्सरको प्रक्रियामा अघि बढ्ने निर्माता थापाले जानकारी दिएका छन् । यो सहमतिले सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्ने विश्वास आफूहरुले लिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए । उक्त आपत्तिपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो । सेन्सर सिफारिस नदिने बोर्डको कार्यप्रति चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्