Logo

कस्तो रहला त पल शाहको चलचित्रमा कमब्याक ?

अनलाइन टिभी नेपाल काठमाडौं, अभिनेता पल शाहले एक बर्ष कारागारमा रहदा आफुले अभिनयबारे गहिरो चिन्तन र रिसर्च गरेर आफुलाई निखार्ने काममा ब्यस्त रहेको बताएका थिए। कारागारबाट सफाई पाएको महिना दिन पछाडी नै पल आफ्नो कार्य, कर्मथलोमा फर्किएका थिए।

पल शाहको अभिनयको यात्रा कस्तो रहला ? उनीमाथि घटेको घटनाले कतै उनको करियरमा असर गर्ने त हैन भन्ने धेरैको प्रश्न थियो ?उनका प्रिय दर्शक र फ्यानहरुलाई बडो चिन्ता परिरहेको थियो। सायद उनि आफैपनि आफ्नो भविश्यबारे चिन्तित र अन्योल थिए।

हुनत उनको नामकै एउटा छुट्टै ब्रान्ड बनिसकेको थियो अझ सरल भाषामा भनौ, पलको क्रेज आम युवावर्गमा बेग्लै थियो। त्यसैले पनि होला उनि कारागारभित्रै रहदा अधिकांश म्युजिक भिडियोमा उनको पर्खाइ थियो। त्यस्तै, कति निर्देशकले उनको लागि नै स्क्रिप्ट तयार पारिएकोबारे गाइगुइ हल्ला हामीले नसुनेका पनि हैनौ !! कति निर्देशकले आफ्नो आउदो चलचित्रमा पल नै अनुबन्धित हुने घोसणा समेत गरिसकेका थिए। उनले २०/२५ ओटा जति म्युजिक भिडियोमा काम पनि गरे। भाग्य भन्ने कि अवशर उनका हरेक काम चर्चित बनेको थियो। त्यसपछि दर्जनौ डाइरेक्टरको रोजाइमा परेका थिए। अव भने उनि म्युजिक भिडियो मात्र नभई चलचित्रमा कमब्याक गर्ने भएका छन्।

अभिनेता पल शाह निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा अनुबन्धित भएका छन् । लभर बोयको उपनाम पाएका पल शाहलाइ प्रेमकथाका चलचित्रमा बढी खोजिन्छ । ‘मायावी’ चलचित्र प्रेमकथामै आधारित रहनेबारे निर्देशक भट्टराइले जानकारी गराएका छन्। यो खबर पल संगै उनका फ्यानहरुलाइ गौरवको कुरा छ।

तर अव चलचित्रमा उनको कमब्याक कस्तो रहनेछ र उनले आफ्नो निखारेको अभिनय कसरी प्रस्तुत गर्नेछन् त्यो भने हेर्न बाकि नै छ अहिलेको लागि भने अभिनेता पल शाहलाइ बधाई तथा अग्रिम सुभकामना।

प्रतिक्रिया दिनुहोस्